सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेललाई नियुक्त गरेको छ।
बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसैगरी सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ।