पूर्वपधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कार्यकालमा ३० वटा अध्यादेश ल्याए । पार्टी फुटाउन सकिने अध्यादेश समेत ल्याएका उनै ओलीलाई वर्तमान शेर बहादुर देउवा सरकारले अध्यादेश ल्याएर पार्टी फुटाउछन् भन्ने डरछ ।
अध्यादेशको सहायतामा पार्टी विभाजन गरिने चिन्ता गरेका उनी स्वयंले २०७७ वैशाख ८ गते राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेका थिए। उक्त अध्यादेशको मुख्य उद्देश्य नै समाजवादी पार्टीलाई विभाजन गर्नु थियो । अध्यादेशकाे ढाेका भने स्वंयम ओलीले खोलिदिएका छन् ।तर चर्काे विरोधका कारण अध्यादेश फिर्ता लिनुपर्याे।
ओलीकै कारण जसपा विभाजनको मुखमा पुगेको छ। नागरिकता जस्तो दूरगामी महत्त्वको विषयमा पनि अध्यादेश जारी गरियो। तर सर्वाेच्च अदालतले त्यसालाइ बदर गरिदियाे ।
सरकारबाट बाहिरिएपछि भने ओलीलाई अध्यादेशकै डर लागेको छ।किनकि नेपाल पक्षकै कारण देउवा अहिले प्रधानमन्त्री बन्न सफल भएका हुन् । नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छ। त्यसपछिका घटनाक्रमले एमाले निश्चित रूपमा विभाजन हुनेछ। आफूलाई प्रधानमन्त्री बनाउन जोखिम मोलेका नेपालका लागि देउवाले अवश्व गुन तिर्ने पक्का जस्तैछ ।