संसद बिघटन गर्दा केपी ओलीको पक्षमा उभिएका जनता समाजवादी पार्टी (जसपा) का ५ जना सांसद अध्यक्ष महन्थ ठाकुरको साथ छाडेर अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा जोडिएका छन्।
दव पक्षमा जोडिनेमा अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ छन्। आजै उनीहरु यादव पक्षको बैठकमा सहभागी भएका छन्। यो सँगै उपेन्द्र यादव पक्षमा जसपाका १७ सांसद पुगेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको यादव पक्षमा ठाकुर पक्षीय नेताहरु जोडिदै जाँदाले जसपाभित्र यादव पक्ष बलियो हुँदै गएको छ।