प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बिहीबार दोस्रो दिनकाे बहस जारी रहयाे ।आज निवेदकका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले बहस शुरु गरे ।
श्रेष्ठले विपक्षी गठबन्धनकाे तर्फबाट बहुमतकाे हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार नियुक्त गर्नुपर्ने जिकिर गरेका छन्। बहुमतसहितका सांसदको हस्ताक्षरसहितको दाबी पेश गर्दा सो पदमा नियुक्त नगरेर संविधानको उल्लंघन भएको बताए।बहुमत हस्ताक्षरसहित दाबी पेश गरेका देउवालाई राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नियुक्त गरेर संसद् बोलाउनुपर्ने जिकिर गरे।
हिजो वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव, खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा हिजाेदेखि निरन्तर सुनुवाइ सुरू भएकाे हाे ।
निवेदककाे तर्फबाट बहस गर्ने प्राय सबै अधिवक्ताहरूले देउवालाई प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका २७५ सांसदमध्ये १४९ ले हस्ताक्षर सहित बुझाएको आधार नै संसदमा विश्वासको मत प्राप्त गर्ने बलियो आधार रहेको बताएका थिए।विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ भएको हो । सुरु बहसका लागि १२ र विपक्षीको बहसपछि जवाफ फर्काउन तीन घण्टा समय दिइएको छ ।