अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फर्छ्योट आयोगका ३ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध बुधबार मुद्दा दायर गरेको हो । शर्मासहित ३ जनाउपर १ अर्ब ३३ लाख २० हजार ३८५ राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप-पत्र दायर गरेको गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।
उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।