गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।
पोखरेलले नेपाली कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङेलाई मन्त्री बनाएका हुन्। चारैजना मन्त्रीलाई मन्त्रालय तोकिएको छैन। चारै जना विना विभागीय मन्त्रीका रुपमा नियुक्त भएका छन्।
चारै जनालाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ खुवाएकी छन्।