प्रदेश सरकार गठन भएको ३ बर्षपछि प्रदेश नम्बर २ को सरकारमा नेपली कांग्रेस पनि सहभागी हुने भएको छ।
मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई सरकारबाट हटाएपछि सरकारलाई समर्थन गरेसँगै कांग्रेस सरकारमा जान लागेको हो।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान तयार भएको हो। यो सहमतिपछि संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुनेछ।
सहमति अनुसार कांग्रेस संसदीय दलका नेता यादबले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ओमप्रकाश शर्माले ऊर्जा तथा खानेपानी र वीरेन्द्र सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व संहाल्ने छन्।
ंकांग्रेसका तीनै जना मन्त्रीले बुधबार नै सपथ लिनेछन्।