गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चा प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् ।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी गराए। यसअघि थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो ।
थापालाई जनमोर्चाले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निलम्बन गरेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ ।यस्तै प्रदेशसभा बैठकमा बिहीवार पनि अर्थमन्त्री किरण गुरुङले जेठ १७ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल भएको थियो ।