नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि कपिलवस्तुमा गएराति गोली प्रहार भएको छ। जिल्ला नेता पाण्डेमाथि राति ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।
पाण्डेको पेट र कम्मरमा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पनि पाखुरामा गोली लागेको छ ।तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा तौलिहवातिर जाँदै गरेका पाण्डेलाई अर्को मोटरसाईकलमा आएका ३ जनाले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।