नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको निधन भएको छ। बागमती प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमण भएपछि उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।
कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्यमा समस्या आएपछि गम्भीर बिरामी परेका उनको निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
गत बैशाख २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो।
चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए। एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अञ्चल इन्चार्जसमेत थिए।