नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको सरकारको दाबी गर्ने निर्णय गरेको छ।
देउवा निवास बुढानिलकण्ठमा आज बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेकाे हाे ।त्यसका लागि कांग्रेसले सबै दलहरूसँग छलफल गर्ने भएकाे छ।
कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा नेपाली कांग्रेस पार्टीभित्र कुनै समस्या नभएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।
बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले कांग्रेसलाई माओवादी केन्द्रले सघाउने र अन्तिम समयसम्ममा जनता समाजवादी पार्टीले (जससपा)ले पनि साथ दिने बताएका छन्। साथै, एमालेकै माधव कुमार नेपाल समूहले पनि तोकिएको समयभित्र कांग्रेसलाई सरकार गठनका लागि सहयोग गर्ने पनि उनले बताए।