संसदकाे विशेष अधिवेशन सुरू हुनु भन्दा अगाडि आज सभामुखसहित सांसदहरु र सचिवालयका सम्पूर्ण कर्मचारीहरूकाे आज कोरोना परीक्षण गरिँदैछ ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका कर्मचारीहरुको पीसीआर परीक्षण आज गर्न लागिएको हो ।ल्होत्से हलमा बिहान १० बजेदेखि ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद सचिवालयले जनाएको छ ।
यही २७ गते अधिवेशन आब्हान गरिएकाे छ। बैठकमा प्रधानमन्त्रीले विश्वासकाे मत लिनुपर्नेछ ।विपक्षी दलहरूले प्रधानमन्त्रीकाे प्रस्तावलाइ असफल बनाउने निर्णय गरिसकेका छन् ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ । नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ (पार्टी छाडेका ४ जना पदमुक्त भएपछि), जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । नेपाली कांग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।