नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाेलाएकाे सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बाेलाएकाे दावी गरे पनि अाफूहरूलाइ खबर नभएकाे सचिवालयले जनाएकाे छ ।
बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका अन्य दलका नेता सहभागी हुने बुझिएको छ । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ ।
बढ्दाे कोरोना भाइरसको संक्रमण , संसदको हिउँदे अधिबेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाएका हुन् ।