नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादबबीच भेटवार्ता भएको छ।
देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादवले सभापति देउवासँग नयाँ सरकार गठनबारे छलफल गरेको बताइएको छ।
कांग्रेसले गत साता आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो। भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो त्यसको पक्षमा छैनन्। उनीहरु ओलीसँगको संवादमा छन्।