नेपाली कांग्रेसले नेकपाका गतिविधि नियाल्दै निर्णय गर्ने भएकाे छ। शुक्रबार नेपाली काँग्रेस संसदीय दलको बैठकपछि प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसको निर्णय नेकपाको गतिविधिमा भर पर्ने बताएका हुन्।
उनले मुलुको अगाडि देखापरेका समस्या समाधान गर्न नेपाली काँग्रेस तयार रहेको बताउदै अविश्वासको प्रस्तावबारे उचित समयमा निणर्य गर्ने जानकारी दिए।
प्रमुख सचेतक खाँडले आम नेपाली नागरिकको जीवन रक्षाका लागि नेपाली काँग्रस सधै लागि रहने बताउदै काँग्रेसले संविधानको रक्षालाई महत्व दिएको बताए।
खाँडले देशमा भएका विभिन्न समस्याको उचित व्यवस्थापन गर्न सरकारसंग माग गर्दै नेपाल भारत सीमा नाका सञ्चालन नहुदा आवतजावतमा समस्या भएको बताउदै चाडो नाका सञ्चालन गर्नसरकारको ध्यानकर्षण गरेको बताए।