नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सभापति देउवाले बुधवार निजामति अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन्।
उनले फेसबुकमा तस्विर पोस्ट गर्दै अरूलाई पनि लगाउन आग्रह गरेका छन् ।उनले लेखेका छन्, ‘आज मैले पनि निजामति अस्पताल पुगेर कोभिड-१९ भ्याक्सिन लगाएँ। आफ्नो पालोअनुसार कोरोनाविरुद्धको खोप लगाउन म तपाईंहरुसँग पनि अनुरोध गर्दछु। महामारीको अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह गर्दछु।’
संसद बैठक सुरू हुने चार दिन अगाडि संसद सचिवालयले सबै सांसद र कर्मचारीलाई अनिवार्य खाेपकाे व्यवस्था गरेकाे हाे ।सरकारकाे सिफारिस अनुसार राष्ट्रपति विद्या भण्डारीले यही फागुन २३ गते संसद बैठक आब्हान गरेकी छन् ।