प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन परिणमले गर्ने बताएका छन् ।
मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? म केही बोल्दिन’ उनले भने ।उनले तर,प्रधानमन्त्रीको हैसियतले आफू अदालतको फैसला मान्ने बताए ।
आफूलाई हटाउन सजिलो नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने, आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमतका साथ सिंहदरबारमा फर्किन्छु ।’आफू राजनीति गर्ने मान्छे भन्दै प्रधानमन्त्री ओलीले केही माग्न परेमा जनतामा जाने बताए ।