नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेपालमा नैतिकको खडेरी परेको बताएका छन् ।
भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतले हराउँदा समेत प्रधानमन्त्रीले राजीनामा नदिनु नैतिकता खडेरिभएको टिप्पणी गरेका हुन ।
उनले विश्वका अन्य मुलुकमा भए सर्वोच्चले फैसला सुनाउने वित्तीकै राजनीमा आउने नजिर भएपनि नेपालमा सत्ता सम्हाली रहेका व्यक्तिमा नैतिकता नै नभएको आरोप लगाए । अध्यक्ष नेपालले नैतिकताको प्रश्नमा भरतमोहन र मनमोहन जस्ता उदाहरणी व्यक्तिबाट पाठ सिक्नु पर्ने बताउदै संसदबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिए ।
उनले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिसहेकाले सबै सांसदहरुले आफुहरुलाई साथ दिने र सूर्य चिन्ह पनि आफुहरुले नै प्राप्त गर्ने जिकिर गरे । उनले सूर्य चिन्हमा कसैलाई कर्के नजर हेर्न नदिने बताउदै चोइटीएका पार्टीले नभई मूलपार्टीले प्राप्त गर्ने जिकिर गरे ।
अध्यक्ष नेपालले नेपालको राजनीति भरतमोहनको पथमा चलेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि पाठ नसिकेको आरोप लगाए । उनले सर्वोच्चले गरेको फैसला महान भएकाले अझ पनि सत्यकै जितहुने बताए । कार्यक्रममा विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।