नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाले एउटा सेटिङ भत्काएको भन्दै छिट्टै अर्को सेटिङ भत्किने दाबी गरे ।
सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोगले पनि आफूहरुकै पक्षमा निर्णय गर्ने भन्दै त्याे 'सेटिङ' चाँडै भत्किने दाबी गरेका हुन् ।सर्वोच्चको फैसलाले ओली समूह पाहा पछारिए झैं पछारिए पनि झन् बलियो भयौं भन्न थालेको बताए ।अझै देखाइदिन्छु भन्दै हुनुहुन्छ, अब देखाउन के बाँकी छ र प्रचण्डले भने ?’
सूर्य चिन्ह आफूले पाइसकेको र आधिकारिक रुपमा सूर्य चिन्ह पाएको घोषणा हुनमात्रै बाँकी रहेको दावी गरे।संसद पुनःस्थापना गर्ने फैसलापछि नैतिकताको आधारमा केपी ओलीले राजीनामा गर्नुपर्नेमा उल्टै आफैँले जिते जस्तो गरेर हिँड्न थालेको टिप्पणी गरेका छन् ।जबसम्म पतन हुँदैनन् तबसम्म ओलीले षड्यन्त्र र गडबड गरिरहने प्रचण्डकाे भनाइ थियाे ।