प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले आफ्नो सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी शक्तिहरू नेकपालाई ध्वस्त पार्न लागेको र आफूमाथि पनि प्रहार केन्द्रित भएको बताए ।
पार्टीको नेतृत्वमा रहेर पार्टीलाई अघि बढाइरहेको, सरकार प्रभावकारी र गतिशील ढङ्गले सञ्चालन गरिरहेको र विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित भएको ओलीले बताए ।
सोमबार पोखरामा आयोजित नेकपा गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूमाथि ज्यानकै खतरा रहेको समेत बताए ।प्रधानमन्त्री ओलीले भने, ‘यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला । उनले तर त्यस्तो हुन नदिने र सतर्कता अपनाउने पनि बताए ।
उनले आफू नरहे पनि पार्टी र आन्दोलन रहिरहने र पार्टी कुनै पनि हालतमा तलमाथि नपर्ने बताए ।