प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरण र भागवण्डाको राजनीति शुरु हुने बताएका छन् ।सोमबार कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रका शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनमा भए मुलुकमा तमासाको राजनीति शुरु हुने बताएका हुन ।
संसद् पुनःस्थापना भए विकासतर्फ केन्द्रित भएको ध्यान सांसद किनबेचमा लाग्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको पनि प्रस्ट पारेका छन् ।आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।
उनले मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।उनले दैजी छेला औद्योगिक क्षेत्रको काम चाँडै सुरु भएर यस क्षेत्रमा उद्योगहरु स्थापना हुने बताए ।
पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए । उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए ।उनले भने, म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।”
प्रतिनिधिसभा विघटन सम्बन्धि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी बहसकाे पेशी भाेलि(मंगलबार) रहेकाे छ । अब केही दिनभित्रमा नै अदालतले प्रतिनिधि विघटन मुद्दालाइ सदर गर्ने वा पुनःस्थापना गर्ने मध्ये एउटा फैसला सुनाउँनेछ ।