सर्लाहीमा बिभिन्न पार्टी छाडेर सयौं नेताकार्यकर्ता नेपाली कांग्रेसका प्रबेश गरेका छन्।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर २ द्धारा शनिबार सर्लाहीमा आयोजित बिशाल आमसभा तथा पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिभिन्न पार्टी छाडेर कांग्रेस प्रबेश गरेकाहरुलाई पार्टीको सदस्यता बितरण गरेका हुन्। त्यसक्रममा करिव ४ सयको संख्यामा नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन्।
पार्टी सदस्यता बितरणपाछि सभलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लोकतन्त्रको रक्षा गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको कुरा इतिहासबाट प्रष्ट भएको स्मरण गराउँदै नबप्रबेशीहरुलाई उचित जिम्मेवारी दिइने बताए।
निधिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै भ्रष्ट भएको बताए। उनले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको जिकिर गरे। संसद विघटन सम्बन्धी असंबैधानिक, अलोकतान्त्रिक एवं अधिनायकवादी कदम विरूद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने निधिको भनाई थियो। उनले संसद विघटन गरेर ओलीले जनताको जनादेशको अपमान गरेको आरोप लगाए।
प्रतिनिधिसभा बिघटन हुँदा जनप्रतिनिधिमूलक संस्थाको अभाब भएकोले संसद पुनस्र्थापना वा निर्वाचनका माध्यमबाट रिक्त प्रतिनिधिसभालाई पूर्णता दिनुपर्ने उपसभापति निधिको भनाई थियो।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले संसद विघटन विरुद्धको लडाईमा नेकपाका अर्का समूह दाहाल–नेपाल समूहसँग हातेमालो नगर्न पार्टी नेतृत्वसँग आग्रह गरे। उनले अगाडि भने,‘प्रचण्ड पनि धोकेबाज नै रहेकोले सहकार्य गर्नुभन्दा एक्लै अघि बढौं।’