नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अस्ताउँदो सूर्य भएको दाबी गरेका छन्।
शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले। त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ। त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन्।’ उनले ओलीलाई नक्कली एमाले भएको बताए।उनले प्रधानमन्त्री ओलीले लहडका भरमा बिघटन गरेको प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरे।
नेपालले संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर स्पष्ट उल्लेख गरिएको भन्दै उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन।’
ओली कहिल्यै पनि गणतन्त्रका पक्षमा नभएको भन्दै उनले ओलीबाट लोकतन्त्र बलियो नहुने ठोकुवा गरे। उनले ओलीलाई दलाल, पूँजीपतिहरुको मालिक भएको आरोप लगाए।