काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई कसरी तह लगाउन सकिन्छ भनेर उनीहरूका कमजाेरी केलाउँदै हिडेका छन् । तीन वर्षसम्म कुम मिलाएर हिडे्का यिनै नेताहरू अहिले आफ्ना परमशत्रु जत्तिकै ठानेर राजनीतिक जीवन नै समाप्त मार्ने खेलमा लागेका छन् ।
दुबै पक्षले एक अर्काकाे कमजाेरीकाे सार्वजनिक रूपमै खिल्ली उठाएका छन् । राजनीतिमा चातुर खेलाडि मानिएका ओली यतिखेर प्रचण्डका निम्ति सबैभन्दा घाँडाे भएकाे पूर्वजनमुक्ति सेनासँग नजिक भएका छन् । आफूहरूलाई सत्तामा जाने भर्याङकाे रूपमा प्रचण्डले प्रयाेग गरेकाे आराेप लगाउँदै आएका पूर्वजनमुक्ति सेनालाई ओलीले आफू निकट बनाउँन खाेजेकाे छन् ।
प्रचण्डमाथि लडाकुकाे पैसा हिनामिना गरेकाे आराेप लागिरहेकाे बेला ओलीले ति नै लडाकुका पूर्व कमाण्डरलाई शनिबार बालुवाटार बाेलाएर प्रचण्डकाे भन्दा न्यायाे माया दिन खाेजे । जनमुक्ति सेनालाई ओलीले हेर्ने भनेर प्रचण्डले बाेकेकाे भाेलिपल्टै ओलीले बालुवाटार बाेलाएर छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताए । प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उहाँहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग ग¥यो ।
तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ, अब विगतमा जस्तो धोका पाउनुहुने छैन । प्रधानमन्त्रीकाे बाेली केबल उनीहरूलाई क्षयणीक रूपमा भुलाउने उदेश्य बाेकेकाे नहाेस् । नेताहरूबाट पटक पटक धाेका पाएका उनीहरूकाे भावनामा खेलवाड गर्ने काम कसैबाट पनि हुनु हुँदैन ।प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएपछि उनीहरू पनि दंग छन् ।