नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षसम्म केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले ओलीलाई समयमै तह लगाउन सकेकाे भए आजकाे याे स्थिति आउने थिएन भन्दै यसमा आफूहरूकाे पनि कमजारै रहेकाे स्वीकारे ।
पार्टी र देश बचाउन सकिन्छ कि भनेर ओलीका कतिपय कुराहरू मान्दिदा उनलाइ झन हाैसला भएकाे दाहालकाे भनाइ थियाे ।उनले भने, ‘ अब ओली प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं ।
प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको दाहालको भनाइ थियो ।उनले आफू भने राष्ट्रपति इमान्दार रहेको दावी गरे ।