राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले देश अध्यारो सुरुङ्गतिर फस्न लागेका कारण देशलाई बचाउन अब सबै पार्टीहरु सयुक्त रुपमा आन्दोलनमा जानुपर्ने आवश्यकता औंल्याएका छन् ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीेले निजी स्वार्थको लागि राजनीतिक पार्टी भित्रबाट पटक पटक नेपाली जनताहरुले धोका पाइरहेको स्मरण गर्दै अब सबै एकजुट भएर संघर्षमा आउनुपर्ने बताएका हुन । केसीले केही व्यक्ति र दलहरु राष्ट्र र जनताको स्वार्थभन्दा सत्ताधारीहरुको दलाली गरेर आफ्नो फाइदा उठाउन लागिपरेको बताए ।
कार्यक्रममा केसीले ३० वर्षे पंचायतदेखि राजा फाल्न समेत सबै पार्टीहरु एक ढिक्का भएर नलागेसम्म सम्भव नभएको भन्दै अब संसद पुनःस्थापनाको लागि सबै एक ठाउँमा आएर आन्दोलनमा जानुपर्नेमा जोड दिए ।