नेपाली कांगेसका सचेतक बालकृष्ण खाँणले सरकारले नागरिकको जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।
शनिबार नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले बुटवलमा आयोजना गरेको विरोध प्रदर्शन सभालाई सम्बोधन गर्दै संविधान नै मिचेर संसद बिघटन गर्दै सरकारले जनताको मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका हुन्।
उनले प्रधानमन्त्री ओलीले चिनियाँ शैलीको कम्युनिष्ट शासन प्रणाली नेपालमा लागु गर्न खोजेकै कारण असफल भएको बताए। खाँणले अहिले संसार लोकतन्त्रको पक्षमा,जनताको पक्षमा भएको भन्दै ओली सरकार निरंकुश,अधिनायकबादी हुन थालेको कारण यो अवस्था आएको बिचार व्यक्त गरे।