Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Tuesday, January 19, 2021 | मंगलबार, माघ ६, २०७७
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
प्रतिनिधिसभा विघटन मुद्दाकाे सुनुवाइ संवैधानिक कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद कायमै
स्पेसखबर
स्पेसखबर काठमाडौं, २९ पुस
प्रतिनिधिसभा विघटन मुद्दाकाे सुनुवाइ संवैधानिक कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद कायमै
 
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलास वा बृहत् पूर्ण इजलास कहाँ सुनुवाइ गर्ने भन्ने विवाद कायमै छ । रिट निवेदकका तर्फबाट बोल्ने कानून व्यवसायीले बृहत् पूर्ण इजलासमा उक्त विवाद सुनुवाइ गर्नुपर्ने आवाज उठाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ताले संविधानको व्याख्या गर्ने इजलास भएको हुँदा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क राखेका छन् ।
 
सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दालाई संवैधानिक इजलासमा नै राख्ने वा बृहत् पूर्ण इजलासमा पठाउने विषयमा न्यायाधीश र न्यायाधीशबीच पनि सवालजवाफ भएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।
 
“संविधानको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ, नेपालको संविधान जारी भएपछि गम्भीर प्रकृतिका संवैधानिक व्याख्या गर्ने संवैधानिक इजलासले नै हो”, संवैधानिक विषयको व्याख्या गर्नकै लागि संवैधानिक इजलासको गठन भएको स्मरण गराउँदै सरकारका कानूनी सल्लाहकार खरेलले भने, “पहिलाको नजीर नयाँ संविधान जारी नहुँदाको हो, संवैधानिक व्यवस्थाअनुसार अहिले पाँच जनाको इजलास गर्ने व्यवस्था भयो ।”
 
महान्यायाधिवक्ता खरेलकै बहसकै क्रममा न्यायाधीश सपना प्रधानले नेपालको संविधानको धारा १३७ मा मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशलाई भएको स्मरण गराउँदै भने, “संविधानको धारा १३७ अनुसार प्रधानन्यायाधीशले तोकेको जुनसुकै इजलासबाट मुद्दाको सुनुवाइ हुने देखिन्छ, यो बृहत्मा लैजाँदा के फरक पर्छ ? पारदर्शी र न्याय गरेको देखिनुपर्ने प्रश्नसमेत छ नि ?” उत्तरमा खरेलले गम्भीर संवैधानिक विवादको व्याख्या गर्नुपर्ने भएमा संवैधानिक इजलासले नै हेर्ने गरेको र यसअघि नेकपाका उपाध्यक्ष वामदेव गौतमको मुद्दा पनि संवैधानिक इजलासले हेरेको स्मरण गराए ।
 
प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले संवैधानिक इजलासले बृहत् पूर्ण इजलासमा प्रतिनिधिसभा विघटनको विवाद लैजान नसक्ने तर्क प्रस्तुत गरे । “संविधान र कानूनको गम्भीर व्याख्याको प्रश्न छ, यो संविधानको विवादको व्याख्या गर्ने इजलास हो, संविधानको विवाद अन्त पठाउने यो इजलासको हैसियत छैन ।”
 
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, हरि उप्रेती र रमणकुमार श्रेष्ठले बृहत् पूर्ण इजलासमै उक्त विवादको सुनुवाइ गर्नुपर्ने विषयमा बहस गरेका थिए । वरिष्ठ अधिवक्ताको बहसै क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने, “गम्भीर प्रकृतिको संविधानको व्याख्या नै संवैधानिक इजलासले हेर्ने होे, ११ जना न्यायाधीशले मुद्दा टुङ्ग्याउन नसके संवैधानिक इजलासमा आउन सक्ने कि नसक्ने ?”
 
वरिष्ठ अधिवक्ता थापाले भने, “संसद् विघटनका यसअघिका मुद्दा कम्तीमा ११ जना न्यायाधीशको इजलासले हेरेको हो, हाम्रो सार्वभौम इजलास नै हो, कहाँबाट हेर्दा ठीक हुन्छ, त्यही हेरौँ ।” आज क्षेत्राधिकारको विवाद नसकेपछि ‘हेर्दाहेर्दैमा’ शुक्रबारका लागि तोकिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा उक्त विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए ।शुक्रबार पुनःसुनुवाइ हुने भएकाे छ ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, ०८:३४:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
  • तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
  • उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
  • कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
  • थप ३२२ जनामा कोरोना पुष्टि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
  • ताजा समाचार
  • ट्रेण्डिङ
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
प्रतिनिधिसभा विघटनविरूद्धकाे मुद्दामा आज पनि बहस हुँदै
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
तोकिएको मितिमा नै निर्वाचन गराउन जरुरी : राष्ट्रपति भण्डारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
उखु किसानले सबै रकम भुक्तानी पाएनन्ः भुक्तानी नभएपछि आन्दोलनकाे तयारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
कोमामा रहेको संविधानलाई आन्दोलनको बलमा बचाउनुपर्छ : प्रचण्ड
थप ३२२ जनामा कोरोना पुष्टि
थप ३२२ जनामा कोरोना पुष्टि
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ  : सिटाैला
अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्छ : सिटाैला
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
प्रतिनिधिसभा पुनःस्थापनाका लागि सबै मिलेर आन्दोलनमा जानुपर्छ: अध्यक्ष भट्टराई
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने 1
ओली र पाैडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत 2
बल्ल जुर्याे मुख्यमन्त्री राईकाे विवाहकाे साइत
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण 3
देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति 4
नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोगकाे अनुमति
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन 5
प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानीय तहमा कांग्रेसको प्रदर्शन
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP