प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गम्भीर आपत्ति जनाएका छन्।
गण्डकी प्रदेश कमिटीले मंगलबार आयोजना गरेको भेलामा अध्यक्ष दाहालले जनयुद्धमा सामेल भएका नेताहरु ओली गुटमा गएको देख्दा आफूलाई लाज लागेको बताए।
“जनयुद्धमा लागेका साथीहरु जो अहिले ओलीतिर जानुभएको छ। मलाई लाज लाग्यो। उहाँहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको?’’ दाहालले भने।
उनले जनयुद्धका विषयमा प्रतिवेदनको भावनाविपरीत प्रधानमन्त्रीले बोलेको बताए। “के जनयुद्ध कुहिएको फर्सी हो त? त्यसो हो भने ओलीले गरेको हस्ताक्षर किर्ते हो?’’ प्रचण्डले सोधे।