गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन बोलाइएको हो ।संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सुविधाजनक बहुमतमा रहेकाले सरकार फेरबदलको विषयमा भने विशेष अधिवेशनमा कुरा नउठ्ने अनुमान छ ।गण्डकी प्रदेशसभामा जम्मा ६० सांसद छन्। त्यसमा पनि नेकपाका ३९ जना छन् । तीमध्ये ओली पक्षमा २७ र प्रचण्ड-माधव नेपाल पक्षमा १२ जना छन् । मुख्यमन्त्री गुरुङ केपी शर्मा ओली निकट मानिन्छन्।