प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशनलाई भचुयल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए ।
प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना गरे ।
खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन भन्दै उनले सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुनेमा जाेडदिए ।
खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ,प्रधानमन्त्रीकाे जाेड थियाे ।