कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको छ ।निषेधाज्ञा उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई साँझ रिहा गरिएको हो ।
पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई रिहा गरिएको छ। पौडेलकाे रिहा गरिएसँगै दमौली क्षेत्रमा गरिएको पृथ्वी राजमार्गको अवरोध पनि हटाइएकाे छ।
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो ।स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले प्रतिक्रिया दिए।