मंसिरको मध्य हुँदै गर्दा मौसम भने दिनप्रति दिन चिसिदै गएको छ ।तर, नेकपाको आन्तरिक कलहले भने राजनीतिक तातिएको अवस्था छ ।
पार्टी फुट्छ कि फुट्दै भन्नेमा धेरैले चासो र चिन्ता लिन थालेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलको प्रस्तावको जवाफ ओलीले कसरी दिन्छन् भन्नेमा धेरैको चासोछ ।
ओलीले प्रचण्डको प्रस्तावलाई आरोपपत्र भनेकाले उनले पनि त्यो भन्दा पनि गम्भीर आरोप लगाउने निश्चित छ । यदि यो अवस्था भयो भने पार्टी फुट्ने भन्दै दोस्रो तहका नेताहरु सहमति,सहकार्य र एकताको पक्षमा जोड दिन थालेका छन् ।
पार्टी फुट्ने अवस्थाले बालुवाटार,खुमलटार र कोटेश्वर धाइरहेका नेताहरु बढी चिन्तित छन् ।किन कि सरकारले गर्दा नै उनीहरुले आफ्नो स्वार्थ पूरा गर्न पाइरहेका छन् । अझै नेताहरुलाई आफनो बहसमा राख्न उनीहरु उद्धत छन् । नेकपाभित्र कलहको बिजारोपण हुनुमा पनि तीनै शिर्ष नेताहरुको आसेपासेका भूमिका थियो भन्नेमा दुईमत छैन ।
पत्र ओहोर दोहोर गर्नेबाट नै बिचैमा पत्र खोलिने जस्ता हर्तकतले पनि शीर्ष नेताहरुमा यो स्थिति आएको आरोप र चर्चा पनि योबीचमा नचलेका होइनन् ।हिजोका दिनमा सत्ता स्वार्थले जोडिएको सम्बन्धलाई त्यही स्वार्थले फुट्न नदिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
प्रस्तावको जवाफै दिने अवस्था आयो भने अवश्य पनि ओलीले प्रचण्डको पर्दाफास गर्नेछन् तर्सथ बैठक अगाडि नै प्रचण्डको प्रस्ताव फिर्ता लिने र ओलीलाई पनि जवाफ दिन रोकेर दुई अध्यक्षको साझा प्रस्ताव बैठकमा आओस् भन्नेमा नेताहरु कटिबद्ध भएर लागि परेका छन् । नेपाको सचिवालय बैठक आउँन अब ५ दिनमात्र बाँकी छ । बैठकको समय नजिकिदै गर्दा नेताहरुको निद हराउन थालेको छ।
नेताहरु देश विकासमा नलागेर एक अर्काको जुंगा उखेलिरहेका छन् । देश कोरोना महामारीको भूमरीमा छ । यस्तो बिकराल अवस्थामा पनि सरकार हाक्नेलाई कुर्सीकै मोह छ ।जनतामा कोरोनाको त्रास भईरहँदा नेकपा नेतृत्वको सरकार आफ्नै पिरलोमा रुमलिएको छ।
देशको समस्या सल्टयाउने दिशामा सत्तारुढ दलको ध्यान जानुपथ्र्यो तर त्यसो हुन सकेको छैन । लगभग दुईतिहाईको ओली सरकारबाट जनताले निकै अपेक्षा गरेका थिए। पछिल्ला वर्षको गतिविधि हेर्दा निराशा मात्रै छाएको छ। अपेक्षा निराशामा बदलिएको छ।
सरकार गठन भएसँगै धन्काइएको ‘समृद्धि नेपाल सुखी नेपाली नारामै सिमित भएको छ। नेपालीहरुलाई सुखी बनाउन ठूलो सपना देखाउनु पर्दैन,नेताहरुले आचरण सुधार्न जरुरीछ ।