नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ। उद्योगपति एवं समाजसेवीको समेत पहिचान बनाएका ६३ बर्षीय केसीको सोमबार राति निधन भएको हो।
सोमबार राती स्वास्थ्यमा खराबी आएपछि सांसद केसीलाई नयाँबजारस्थित चरक अस्पतालमा लगिएको थियो। त्यसपछि उनलाई राति नै घरमा ल्याइएको थियो। राति नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ। सांसद केसी केही समयदेखि सुगर र प्रेसरका विरामी थिए।
३ बर्षअघि प्रतिनिसभा चुनावताअघि उनी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन्। केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन्।
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए। रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए। सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ।