गृह मन्त्रालयले यस वर्षको नवरात्रमा नित्यपूजाका लागि बाहेक कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न भनिएकाे छ ।