नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढी पहिरो पीडित छिरिङ गोले र रोजिना बस्नेतको उच्च शिक्षा अध्ययनको जिम्मा लिएका छन्।
यसैवर्ष एसईई उत्तीर्ण छिरिङ र रोजिना बाढीपहिरोबाट पीडित भएकै कारण उच्च शिक्षाबाट बञ्चित भएकाले पूर्वमन्त्री बस्नेतले काठमाडौंको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका गराएका हुन्। छिरिङ सो कलेजमा विज्ञान संकायमा भर्ना भएकी छन् भने रोजिना व्यवगस्थापन संकायमा।
उनीहरुको पहिलो वर्षको भर्ना शुल्कमा कलेजले पनि ६० प्रतिशत छुट गरेको पूर्वमन्त्री बस्नेतले बताए। उनीहरुले पढ्न चाहेको विषयमा स्नातक तहसम्मको शिक्षाको जिम्मा आफुले लिएको पूर्वमन्त्री बस्नेतले बताए।
दुवैजनालाई काठमाडौंमा बस्नको लागि लिलाघर भण्डारीले निशुल्क होस्टलको व्यवस्था समेत गरेका छन्। आर्थिक अवस्था कमजोर भएकाले पढ्न नपाइ घरमै बसेकी रोजिनाले पूर्वमन्त्री बस्नेतको सहयोगमा आफुले निशुल्क पढ्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। गत असार २५ मा सिन्धुपाल्चोकमा आएको पहिरोमा परी छिरिङले सम्पूर्ण परिवार गुमाएकी थिइन् भने रोजिनाको बाबु अपाङ्गता भएका व्यक्ति हुन्।