कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापनादेखि संपूर्ण सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन्।
प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि सचिवहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यस्तो सुझाव दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिवहरूले मुख्यसचिव शंकरदास बैरागीलाई भेटेर आफ्ना मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयमा पनि कोरोना संक्रमित भेटिएको भन्दै घटस्थापनादेखि बिदा दिन सुझाव दिएका हुन्।
सरकारी क्यालेण्डर अनुसार दसैं बिदा भने कात्तिक ७ गते फूलपातीका दिनदेखि कात्तिक ११ गतेसम्म मात्र बिदा छ।