नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त भएका छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन् । उनको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।
गत शनिबार चाबहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएकाे महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए। उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै पार्टीको नियमित काममा फर्कने जानकारी दिए ।
कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका काेइराला ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।