सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।नेकपाकाे सचिवालय बैठकमा स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारे नीतिगत छलफल भएको हाे ।
त्यस्तै संवैधानिक निकायमा नियुक्ति लगायतका विषयलमा पनि छलफल भएकाे प्रवक्ता श्रेष्ठले बताए । बैठकका अन्य एजेण्डामाथिकाे छलफल जारी रहेकाले भोलि १ बजे पुनः बैठक बस्नेछ ।
पार्टीको आन्तरिक गतिविधि,महाधिवेशनको तयारी, कोरोना नियन्त्रणका लागि सरकारबाट भईरहेको प्रयास र पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने लगायतका बैठकका विषय रहेका छन् ।तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो ।