नेपाली कांग्रेस नगरसमिति लहानको आयोजनामा लोहपुरुष वीर गणेशमान सिंहको २३ औं स्मृति दिवसको अबसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले पार्टीमा सहकार्य, मेलमिलाप र एकताको लागि गणेशमान सिंहले पार्टी सभापति ,प्रधानमन्त्री पद सबै छोडे जस्तै आफूले पनि एकताको लागि सभापति पद छोड्ने घोषणा गरे।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला उपसभापति बिशुन साह बनिया, युवा नेताहरू शैलेन्द्र यादब, देबनाथ यादब, अब्दुल करिम, महेश चौधरी, फुलेश्वर महतो,नेबि संघका निबर्तमान केन्द्रीय सह महामन्त्री परमेश्वर साह लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सभापतित्व कांग्रेस नगरसमिति लहानका सभापति सुनिल महतोको अध्यक्षता सम्पन्न भएको थियो।