सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार सचिवालय बैठक आह्वान गरेको छ।
बुधबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो।
बैठक शुक्रबार ११ बजे बस्ने सचिवालय बैठक पेरिस डाँडामा बस्ने भएको छ। नेकपा गठन हुनुभन्दा पहिला पेरिस डाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो। धुम्बाराहीमाभन्दा पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले पेरिस डाँडामा बोलाइएको बताइएको छ। यसअघि नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको थियो।