जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहानदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।संभावित घटनालाइ मध्यनजर गर्दै प्रशासनले विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हाे ।
चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा बिहिबार दिनभर तनाव भएकाे थियाे । साे क्रममा प्रहरी र प्रदर्शनकारी दुबै तर्फ घाइते भएका थिए ।