नेपालमा देखिएकाे युरिया मलकाे अभाव मेटाउन बंगलादेश तयार भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका समकक्षी शेख हसिनाबीच भएकाे फाेन संवादमा बंगलादेश तयार देखिएकाे हाे।
प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत ट्वीट गर्दै फाेन संवादबारे जानकारी दिएका छन् ।फाेन संवादमा दुई देशबीचको व्यापार, उर्जा र एकअर्का बीचमा पारवहनमा सहयोग बढाउनुपर्ने विषयमा कुराकानी भएकाे बताईएकाे छ ।
छलफलका प्रधानमन्त्री ओलीले तत्काल यूरियामलकाे आपूर्तिको लागि अनुराेध गरिएकाे प्रधानमन्त्रीकाे ट्वीटमा उल्लेख गरिएकाे छ ।हसिनाले प्रधानमन्त्री ओली अनुरोधलाई सकारात्मक रूपमा लिएकाे प्रधानमन्त्री कार्यालयले बताएकाे छ ।