नेपालको अद्यावधिक (राजनीतिक-प्रशासनिक) नक्साको अंग्रेजी संस्करणलाई सरकारले स्वीकृत गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शुक्रबार नापी विभागले तयार पारेको नेपालको अंग्रेजी संस्करणको नक्सा स्वीकृत गरेकी हुन् ।उक्त नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभागलाई समेटेर नेपालले जेठ ७ गते नेपालको अद्यावधिक (राजनीतिक-प्रशासनिक) नक्सा प्रकाशन गरेको थियो ।
अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको छ।नेपालको नक्सा अद्यावधिक भएको बारे जानकारी अंग्रेजी संस्करणको नक्सा परराष्ट्र मन्त्रालयमार्फत पठाएर गरिने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।