काेराेना संक्रमितकाे संख्या दिनदिनै बढ्न थालेपछि सरकारले भीडमाडमा कडाइ गर्दै अबदेखि फेरि होटल रेष्टुरेण्डमा बसेर खान नपाइने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधा लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन गर्न दिएकाे थियाे। त्यस्तै सरकारले अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय गरेकाे छ ।
यस्तै सरकारले भारतबाट नेपाल छिर्ने नाका २० बाट दशमा झार्ने निर्णय गरेको छ। अब झापाको करभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज,सिरहाको माडर, रौतहटको गौर, रुपन्देहीको बेलहिया, कैलालीको गौरीफन्टा, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ।