तत्कालीन नेकपा माओवादीको आधार इलाका रामेछापको दोरम्बाका ३ दर्जन भन्दा बढि युवाहरु नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले टीका र खादा लगाएर उनीहरुलाई स्वागत गरेका छन्। कोइराला निवास महाराजगञ्जमा आयोजित एक कार्यक्रममा नवप्रबेशीहरुलाई स्वागत गर्दै महामन्त्री कोइरालाले कम्युनिष्टहरुको कुशासानका कारण नागरिकमा अविश्वास जागेको बताए।
नेपाली कांग्रेसको भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई उनले आह्वान गरे। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय बद्री पाण्डे, जीवन परियार, नेपाली कांग्रेसका नेता रामचन्द्र खड्का र नेपाली कांग्रेस रामेछापका सभापाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए।
नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवा नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछापको दोरम्बा र वेथानलाई तत्कालीन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए। सो क्षेत्रका अधिकांश युवाहरु कम्युनिष्टहरुको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमले बताए।