भारतीय विदेश मन्त्रालयले भगवान बुद्ध नेपालमै जन्मिएकोमा कुनै विवाद नरहेको स्पष्ट पारेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार एक कार्यक्रममा बुद्ध महान भारतीय रहेको बताएको भोलिपल्ट आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बुद्धको जन्मभूमिबारे स्पष्ट पारेको हो।
जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ। ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले भनेको छ।