काेराेना संक्रमण दिनप्रति दिन बढ्न थालेपछि सरकारले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड तय गरेकाे छ ।
नेपालीहरूकाे महान चाडपर्व चाडपर्व, जात्रा तथा उत्सवहरु नजिकिदै गर्दा काेराेना संक्रमणको जोखिम कम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रुपमा पर्व मनाउन मापदण्ड तयार पारेको हाे ।
उक्त मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ ।
चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजान अाग्रह गरिएकाे छ । जाने पर्ने भए अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ ।
त्यसैगरी बढीमा २५ जना मात्रै भेला हुने व्यवस्थामा कडाइ गर्ने, धेरै व्यक्तिहरुले प्रयोग गर्ने देवीदेवताका मूर्तिहरुमा नछुन पनि मन्त्रालयले अाग्रह गरेकाे छ ।