सरकारले सर्बसाधारणका लागि सिंहदरबार प्रवेशमा रोक लगाएको छ।
कोरोनाको संक्रमणलाई कारण देखाउँदै सरकारले बुधबादेखि अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
प्रेस पासका आधारमा सञ्चारकर्मीलाई भने प्रवेशमा रोक नलगाइएको उनले बताए। यसैगरी अत्यावश्यक काम खुल्ने कागजात भएमा सर्वसाधारणलाई त्यसका आधारमा प्रबेश गर्न दिइने उनको भनाई छ।
सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको प्रवक्ता बढाले जानकारी दिए।
पछिल्लो समय सिंहदरबारमा यसै पनि सर्बसाधारणको आउजाउ कमी भएको छ ।