प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने,नगर्नेबारे जनस्वास्थ्यविज्ञ र विपक्षी दलका नेताहरूसँग छलफल गरेका छन्।
कोरोना भाइरसबाट संक्रमितको संख्या बढेसँगै प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुसँग छलफल गरेका हुन्।लकडाउकाे अन्त्यसँग काेराेना सङ्क्रमितकाे संख्या ब्यापक बढन् थालेसँगै सरकार लकडाउकाे तयारीमा जुटेकाे छ।
प्रधानमन्त्री ओलीकाे स्वास्थ्य बिज्ञसँगकाे छलफलमा बिज्ञहरुले २ हप्ता उपत्यकामा लकडाउन गर्न सुझाब दिए सँगै सरकार लकडाउनकाे तयारीमा जुटेकाे हाे ।
छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर,कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए।
कोरोना संक्रमणपछि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन गत साउन ६ गते सरकारले अन्त्यको घोषणा गरेको थियो। लकडाउन अन्त्यको घोषणा गरे पनि प्रदेश नं २ का साथै काठमाडौंमा संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले कतिपय ठाउँमा निषेधाज्ञा गरेको छ।